न्युज एजेन्सी :
वासिङ्टन डिसी–अमेरिकामा तेस्रोलिंगी समुदायका व्यक्तिहरुलाई सेनामा प्रवेश रोक लगाएको छ । तेस्रो लिंगीहरुलाई सेनामा काम गर्न रोक्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयलाई अमेरिकी सर्वोच्च अदालतले सदर गरेको हो ।
नौँ सदस्यीय इजलासमा भएको सुनुवाईका क्रममा बहुमतले राष्ट्रपति ट्रम्पको निर्णय सदर गरेको विविसीले उल्लेख गरेको छ । नौँ जना न्यायाधिश मध्ये पाँच जनाले तेस्रो लिंगीलाई सेनामा भर्ना गर्न नदिने राष्ट्रपति ट्रम्पको योजनाको पक्षमा मत दिएका छन् । तर, चार जना न्यायाधिशले भने त्यसको विरोध गरेका छन् ।
बहुमत न्यायधिशहरुको फैसलापछि अब अमेरिकी सेनामा तेस्रो लिंगीको प्रवेशमा रोक लागेको हो । यसअघि तल्लो अदालतले भने राष्ट्रपति ट्रम्पको योजना तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो ।