नमोबुद्ध संवाददाता :

काठमाण्डौं–नेपाली काँग्रेसले प्रतिनिधिसभा बैठकमा अवरोध पुर्याएको छ । काँग्रेसका पूर्वसभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पतालहरू केन्द्र सरकार मातहत नराखेको विरोधमा काँग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको हो ।

बैठकको सुरुमै काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले काँग्रेसका नेताहरूको नाममा रहेका अस्पताल राजनीतिक पूर्वाग्रह राखेर खारेज गर्न लागिएको आरोप लगाउनुभयो । संसद बैठकमा गच्छदारले गोविन्द केसीसँग भएको सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने माग पनि गर्नुभयो ।

दोस्रो बैठक पनि अवरुद्ध,राष्ट्रियसभा बैठकमा पनि काँग्रेसको अवरोध

प्रतिनिधिसभाको सोमबारको पहिलो बैठक अवरुद्ध पारेको प्रमुख प्रतिपक्षी काँग्रेसले दोस्रो बैठक पनि चल्न दिएन । यसपछि सभामुख कृष्णबहादुर महराले प्रमुख प्रतिपक्षी दल काँग्रेसले उठाएको विषयलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सभामुख महराले प्रतिपक्षीको मागमा आफू पनि सकारात्मक रहेको बताउनुभयो । काँग्रेसले राष्ट्रियसभा बैठक पनि अवरुद्ध गरेको छ ।

प्रतिक्रिया दिनुहोस !