• नमोबुद्ध संवाददाता :

धुलिखेल–काभ्रेबाट प्रतिनित्वि गर्नुहुने प्रतिनिधिसभा सदस्य(सांसद) नविना लामाले संसद सचिवालयबाट घरभाडा वापत आएको रकम फिर्ता गर्ने स्पष्ट पार्नुभएको छ । सांसद लामाद्धारा आइतबार जारी प्रेस वक्तव्यमा काठमाण्डौंमै आफ्नो घर रहेकोले घर भाडा नचाहेको उल्लेख छ ।

वक्तव्यमा छ–“मैले काठमाण्डौंमा घर भएको भनि सुरुमै विवरण दिइसक्दा पनि घर भाडा लिनेको सूचिमा मेरो नाम रहनु र यस प्रकारको खबर सार्वजनिक हुनु संसदीय क्षेत्रमा अनुभवको कमी र संसद सचिवालयको तर्फबाट अभिलेख व्यवस्थापनमा भएको असावधानिकाका कारण हो,यसरी हुन गएको कमजोरीप्रति दुःख व्यक्त गर्दछु ।”

सांसद लामाले घरभाडाको नाममा जम्मा भएको रकम फिर्ता लैजाना र आईन्दा आफूलाई घरभाडा वापतको कुनैपनि रकम नपर्ने पनि स्पष्ट पार्नुभएको छ । नियमअनुसार काठमाडौं उपत्यकामा घर भएका सांसदहरुले घरघाडा लिन मिल्दैन ।

प्रेस वक्तव्य :

प्रतिक्रिया दिनुहोस !