- नमोबुद्ध संवाददाता
दमौली–नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार शान्ति सुव्यवस्था कायम गर्न असफल भएको बताउनुभएको छ । देशमा बलात्कार, हत्या, हिंसा तथा आतङ्क जस्ता आतङ्कित कार्यहरुलाई नियन्त्रण गर्न नसकेर सरकार असफल साबित भइसकेको उहाँको भनाई छ ।
देउवाले घटना भएको महिनौं भईसक्दा पनि निर्मला पन्तको हत्यारालाई पत्ता लगाउन नसक्नुलाई यसको उदाहरण रहेको बताउनुभयो ।
आईतवार नेपाली काँग्रेस तनहुँले बिपी स्मृति भवन दमौलीमा गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भन्नुभयो–“निर्मला पन्तको हत्यारा सरकारकै संरक्षणमा रहेको बुझ्न सकिन्छ ।” ‘
हत्याको प्रमाण नष्ट गर्ने खोज्ने, कपडा पखाल्ने जस्ता कार्य स्पष्ट भएपनि हत्यारा पत्ता लगाउन नसक्नुले घटनालाई शंकास्पद बनाएको उहाँको भनाई छ । यस घटनामा सरकारले नै हत्यारा खोज्न तत्परता नदेखाएको देउवाको आरोप छ ।