
बैंकक–नेपाल थाइल्याण्डमा आयोजित महिला टी, ट्वान्टी स्म्यास क्रिकेटको उपविजेता बनेको छ । शनिवार बैंककमा सम्पन्न फाइनल प्रतिस्पर्धामा थाइल्याण्डसंग ७० रनले पराजित हुँदै नेपाल उपविजेतामा सिमित बनेको हो ।
समूह चरणमा अपराजित रहँदै नेपालले फाईनलमा थाईल्याण्डसंग प्रतिस्पर्धा गरेको हो । थाइल्याण्डले दिएको १ सय २२ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको नेपाल १७ ओभर २ बलमा ५१ रन जोड्दा अलआउट भयो ।
नेपालका लागि नेरी थापाले १७ तथा सीता राना मगरले १३ रन जोड्नुभयो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली थाइल्याण्डले निर्धारित २० ओभरमा १ विकेट गुमाएर १ सय २१ रन बनाएको थियो ।
योसंगै थाइल्याण्डले अपराजित रहदै उपाधि जितेको छ । नेपाल भने फाइनलमा पराजित भएर उपबिजेतामा सिमित भएको हो ।