• नमोबुद्ध संवाददाता :

पोखरा-पोखरामा भईरहेको दोस्रो संस्करणको सभामुख राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विभागिय टिम नेपाल पुलिस क्लब र प्रदेश नम्बर ३ क्वाटरफाइनलमा प्रवेश गरेका छन् । पोखरा रंगशालामा मंगलबार भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई ३–० को सेटमा हराउदै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।

पुलिसले २५–१९, २५–२० र २५–१७को सेटमा पराजित गर्यो । जितसँगै पुलिस समूह ‘डी’ को समूह विजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो । पराजित भएपनि गण्डकी उपविजेता बन्दै क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको छ । यस समूहमा दुई टोलीमात्र रहेको कारण दुवै टोलीले क्वाटरफाइनलमा स्थान पक्का गरेका हुन् ।

यस्तै प्रदेश नम्बर ३ ले विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराएर क्वाटरफाइनलमा स्थान बनाएको छ । प्रदेश नम्बर ३ ले आर्मीमाथि २५–१०,१२–२५,२५–२० र २५–१४ को सेटमा हरायो । जीतसँगै प्रदेश नम्बर ३ ले समूह ‘सी’ को विजेता बन्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।

पराजित भएपनि आर्मीले उपविजेता बन्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । यस समूहमा पनि दुई टोली मात्र रहेको कारण दुवै टोलीले क्वाटरफाइनलमा स्थान पक्का गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस !