• (फाईल तस्बिर)
  • राजन महतारा क्षेत्री :

रामेछाप-रामेछापको रामेछाप नगरपालिका वडा नम्बर ८ सल्लेमा विद्यालयको भवन नहुँदा विद्यार्थी खुल्ला आकाशमुनी बसेर पढ्न बाध्य भएका छन् । श्री केवलेश्वर आधारभुत विद्यालयका विद्यार्थीहरु २०७२ को भुकम्प भन्दापछि खुल्ला आकाशमुनी बसेर पढ्न बाध्य भएका हुन् ।

२०७२ को भुकम्पले ध्वस्त भएको विद्यालयको भवन हालसम्म पनि पुननिर्माण गरिएको छैन । भुकम्पपछि चाइल्ड फनले बनाइदिएको २ कोेठे बाँसको भाटाले बारेर बनाएको सामान्य भवनपनि जिर्ण भएको छ ।

अस्थायी टहरा पनि जिर्ण भएपछि बाहिरै डेस्क बेन्च राखेर पठन पाठन हुदै आएको छ । कक्षा शिशुदेखि कक्षा ५ सम्म पढाई हुने विद्यालयमा जम्मा १८ जना विद्यार्थीहरु छन ।

सबै कक्षाको विद्यार्थीहरुलाई एकै ठाउँमा राखेर पढाउनुपर्ने बाध्यता रहेको प्रधानाध्यापक कृष्ण प्रसाद घिमिरेले बताउनुभयो ।  विद्यालयमा २ जना स्थायी , एक जना राहत अनुदान गरी ३ जना शिक्षक र एक जना सहयोगी कर्मचारी छन् । शिक्षक विनोद घिमिरेका अनुसार विहान १० बजेदखि बेलुका ४ बजेसम्म विद्यार्थीहरुलाई बाहिरै खुल्ला आकाशमुनि राखेर पढाउन निर्कै समस्या छ ।

 

प्रतिक्रिया दिनुहोस !