नमोबुद्ध संवाददाता :

काठमाण्डौं–कलेजो खराबीका कारण निधन हुनुभएका तामाङ चलचित्रका नायक तिर्थकुमार लामाको सम्मानमा बुधबार साँझ श्रद्धाञ्जली सभा तथा दिप प्रज्वलन गरिएको छ । तामाङ चलचित्र संघको आयोजनामा भएको कार्यक्रममा चलचित्रकर्मी,गायकगायिका,सञ्चारकर्मीका साथै दर्शक सर्वसाधारणले उपस्थिती जनाए ।

स्वः तिर्थ कुमारको १३ औं दिनको तिथीमा नेपाल प्रज्ञा प्रतिष्ठान परिसर कमलादिमा दिप प्रज्वलन उद्घाटन गर्नुहुदै तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरले यो कार्यक्रम नायक तिर्थको राष्ट्रिय सम्मानका लागि रहेको बताउनुभयो । उहाँ राज्यकै कलाकार रहेको अध्यक्ष थोकरको भनाई छ । अध्यक्ष थोकरले तामाङ चलचित्र संघ आफ्ना समुदायका लागि कलाकर्म गर्ने चलचित्रकर्मीहरुको आत्मासम्मान र पेशागत अधिकारकै लागि तत्पर रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

 

अन्य वक्ताहरुले पनि कलाकारले राज्यकै प्रतिष्ठा उँचो बनाउने भएकोले राष्ट्रिय सम्मानमा जोड दिए । तामाङ कलाकार संघका अध्यक्ष सञ्जिव वाईबाले कलाकार समाज परिवर्तन र समुदायको आवाजवहाक भएकोले यसप्रकारको भुमिका निर्वाह गर्न नायक तिर्थले खेलेको भुमिका अतुलनिय रहेको बताउनुभयो ।

नायिका रञ्जीता लामाले नायक तिर्थको व्यक्तित्व र स्वभावबाट आफू निकै प्रभावित बनेको बताउनुभयो । ‘आले च्याङबा’ चलचित्रमा सहकार्य गर्ने क्रममा उहाँ निकै ईमान्दार र कर्तव्यनिष्ठ पाएको नायिका लामाको भनाई छ ।

आले च्याङबाको अलावा सेमला दुङाल, ज्यो ज्यो आले, डन च्याङबा, चारसाय बिस, तिङला जो जस्ता चलचित्रमार्फत उर्जाशिल क्षमता प्रदर्शन गरेका नायक तिर्थको गत पुष १२ गते उपचारको क्रममा कान्तीपुर अस्पताल तिनकुनेमा निधन भएको थियो ।
नायक तिर्थको सम्झनामा दिप प्रज्वलन हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस !