
नमोबुद्ध संवाददाता :
धुलिखेल–विश्व बैंकका अध्यक्ष जिम योङ किमले राजीनामा दिनुहुनेभएको छ । जिमले आगामी फेब्रअरी १ देखि आफू अध्यक्ष पदमा नबस्ने बताउनुभयो । त्यहि दिनबाटै लागू हुने गरी उहाँले राजीनामाको घोषणा गर्नुभएको हो ।
५९ वर्षका जिम सन् २०२२ सम्म विश्व बैंकको अध्यक्ष रहनुपर्ने भए पनि राजीनामा घोषणा गर्नुभएको हो । जिमले राजीनामाको कारण भने खुलाउनुभएको छैन । उहाँ ६ वर्षदेखि विश्व बैंकको अध्यक्ष रहँदै आउनुभएको हो ।