नमोबुद्ध संवाददाता :
काठमाण्डौं–सेवाग्राहीलाई दुःख दिएको आरोपमा ७ जना विचौलिया पक्राउ परेका छन् । मंगलबार दिउँसो काठमाण्डौं प्रहरी परिसरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु वैदेशिक रोजगार विभाग, सोल्टीमोडको सक्रियतामा पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा भरत तामाङ, दिपु शाह, मनुराज न्यौपाने, पुजन राई, गणेश तामाङ, विकल शाही र राजेश तामाङ रहेका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो ।