नमोबुद्ध संवाददाता :
काठमाण्डौं–सरकारलाई व्यंग्यात्मक दबावस्वरुप नेपाली काँग्रेसले छायाँ सरकार बनाउने निर्णय गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले छायाँ सरकार बनाउने निर्णय गरेको नेता गगन थापाले जानकारी दिनुभयो ।
काँग्रेसले छायाँ सरकारका लागि मन्त्रालय रोजेर नाम पेश गर्न संसदहरुलाई आग्रह समेत गरेको छ । थापाका अनुसार एक जना सांसदले तीन वटा मन्त्रालय रोजेर नाम दिन सक्नेछन् ।
काँग्रेस नेता थापाले भन्नुभयो–“छायाँ सरकार बनाउने काँग्रेसको पहिले देखिकै निर्णय हो,प्रतिपक्षको भूमिका कमजोर भयो कि भन्ने प्रश्न उठेको समयमा छायाँ सरकार बनाउन लागेका हौं ।”