नमोबुद्ध संवाददाता :
काठमाण्डौं–पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले फेरि चिकित्सकीय सेवामा फर्कने ईच्छा व्यक्त गर्नुभएको छ । शनिबार बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको ११ औ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति यादवले आफू चिकित्सकीय सेवामा फर्कन चाहेको बताउनुभएको हो ।
अहिले तत्काल सरकारी अस्पतालमा दैनिक एक घण्टा सेवा गर्ने सोच बनाएको उहाँको भनाइ थियो । पूर्व राष्ट्रपति यादव राजनीतिमा आउनुभन्दा अघि पनि चिकित्सक हुनुहुन्थ्यो ।