नमोबुद्ध संवाददाता,,,

धुलिखेल– अरनिको राजमार्ग अन्र्तगत साँगा धुलिखेल खण्डको सडक क्षेत्र मिचेर घर बसाउदै आएका र सानातिना व्यवसाय गरेर गुजारा चलाईरहेका सयौंको अहिले विचल्ली भएको छ ।  चाडवाडको मुखैमा सडक डिभिजन कार्यालय भक्तपुरले ति घर टहरा भत्काउन थालेपछि उनिहरुको उठिवास भएको हो । ति मध्ये केहिको मात्रै तत्काल अन्य विकल्प रहेकोले थुप्रैको विचल्ली भएको हो ।

लाखौं रुपैयाँ लगानी गरेर पसल व्यवसाय गर्दै आएका थुप्रैले अरु कतै विकल्प मिलाईसकेका छैनन् । त्यसैले उनिहरु समस्यामा परेका हुन् । अरनिको राजमार्ग निर्माणताका मुआब्जा लिईसकेपनि केहि स्थानियहरु कानमा तेल हालेर बसेका थिए । केहि स्थानियले दशैंतिहार पछि मात्रै घरटहरा हटाउन आग्रह गरेका थिए,त्यत्तिञ्जेलमा दशैं तिहार मनाउने र अरु विकल्प खोज्न सकिने यसको आसय थियो ।

                                               घर भत्काउन थालेपछि निराश मुद्रामा केहि स्थानियका साथै बटुवा,तस्बीर:नवराज बजगाईं

सरकारले केनै गर्न सक्छ र ? भन्ने मानसिकताले वर्षौंदेखी अरु विकल्पको खोजी नगरि बसेका थुप्रैले पछुतो मानेका छन् । सडक डिभिजनले कुनैपनि बेला सडक वरपरको भाग सफा गर्न सक्छ भन्ने कुरा स्थानिय मिडियामार्फत थाहा भएपनि उनिहरु टसकामस थिएनन् । सोमबार प्रहरी प्रशासन सहित डोजर लिएर पुगेको डिभिजनको यो काममा उनिहरु केहि अवरोध गर्न तम्सीए , केहिबेर झडप भयो । त्यसको प्रति उत्तरमा प्रहरी प्रशासन केहि सेल अश्रुग्याँस फायर गर्न बाध्य भयो ।

                                        स्थानिय र प्रहरीबिच झडपको स्थीति,तस्बीर : देवराज केसी

यसअघि सडक मिचेर बसेका र व्यवसाय गरिरहेकाहरु केहिले फाईदा त पाएका थिए तर सडक विरुप देखिन्थ्यो । वरपरको भाग उनिहरुले मिचेका कारण पैदल यात्रुलाई सास्ती थियो,सवारी दुर्घटना जस्ता क्षति भईरहन्थ्यो । जतातजै सरसामान राखिदा अस्तव्यस्त बजार,प्रदुषन जस्ता समस्या पनि नभएका हैनन् । ति क्षेत्रका घर टहरा भत्काउन थालिएपछि अब यसलाई उनिहरुले अफ्ना लागि अरु विकल्प खोज्ने अवसर मान्नुपर्ने बनेपा र धुलिखेलका अन्यवासी बताउँछन् । देशमा सरकार भएको अनुभुति दिनेगरी अघि बढेको सरकारको यस्तो कामलाई सघाउनुपर्ने उनिहरुको भनाई छ ।

                              साँगा दायाँबायाँको टहरा भत्काएपछि,तस्बीर:नवराज बजगाईं

सडक डिभिजन कार्यालय भक्तपुर,जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक,जिल्ला प्रहरी कार्यालय काभ्रे,बनेपा नगरपालिका,धुलिखेल नगरपालिका लगायतका सरोकारवाला निकायको सामुहिक प्रयासमा यो काम थालिएको हो ।
सडक डिभिजनले अहिले तत्काल अरनिको राजमार्ग अन्तरगत बनेपाको साँगादेखी चण्डेश्वरी खोलासम्म सडकको दायाँबायाँ २५÷२५ गज भित्र बनेका घर टहरा हटाउनेछ । त्यसपछि धुलिखेलतर्फको काम थालिनेछ ।

साँगादेखी धुलिखेलसम्म १५६ वटा घरटहरा हटाउने डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिनुभयो । ५० वर्ष अघिदेखी मापदण्ड पुरा नगरेका घर टहरा भत्काउने निर्णय गर्दै सडक डिभिजनले पछिल्लो पटक भदौ २८ गते १५ दिने सुचना जारी गरेको थियो ।

मिति २०७५ असोज १५ मा प्रकाशित यो समाचारमा तस्बीर : नवराज बजगाईं र देवराज केसी हुनुपर्नेमा सच्याइएको छ ।

प्रतिक्रिया दिनुहोस !