
नमोबुद्ध संवाददाता :
धुलिखेल–काभ्रेको कृषि नगर पाँचखाल नगरपालिकाले तिनै स्थानिय स्रोत साधनलाई समेत मध्यनजर गर्दै नीति,कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । युवा नेतृत्व महेश खरेल नेतृत्वको नगरपालिकाले सञ्चार तथा सुचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाको प्रमुख आतिथ्यतामा एक औपचारिक कार्यक्रमको आयोजना गरी आफ्ना नीति,कार्यक्रम तथा बजेट सार्वजनिक गरेको हो । कृषिको उव्जनीको भण्डार मानिएको पाँचखालको द्रुत विकास केन्द्रीत योजनाहरुलाई बजेटले समेत सम्बोधन गरेको छ ।