नमोबुद्ध संवाददाता

बनेपा–बिहिबारबाट सुरु भएको बनेपा महोत्सवको चहलपहल बढ्दो छ । दशैंको मुखमा विभिन्न बस्तु पाईने स्टलका साथै साँस्कृतिक कार्यक्रम पनि राखिएकोले चहलपहल बढ्न थालेको हो ।
महोत्सवमा राखिएका स्टलहरु लत्ताकपडा विशेष देखिएका छन् जसले बालबच्चादेखी बुढापाकासम्मको ध्यान खिचेको छ । साथै खानेकुरा,कृषि सामाग्री,सुचना प्रविधि लगायत १०० वटा स्टल छन् ।

 

‘हाम्रो अभियान खेलको शान, संस्कृति र समृद्धि बनेपाको पहिचान’ भन्ने नाराका साथ गोदामचोकमा ११ दिन सम्मका लागि यो महोत्सव मध्यपहाडको व्यापारिक नगरीमा बनेपा ब्वाईज क्लवले आयोजना गरेको हो ।
क्लबका अध्यक्ष महेश कर्माचार्यले व्यापारिक कक्षका साथै खेल प्रदर्शन,बालबालिकाको मनोरञ्जनका लागि बाल उद्यान र प्रत्येक दिन राष्ट्रियस्तरको कलाकार सम्मिलित सांस्कृतिक कार्यक्रम राखिएको जानकारी दिनुभयो ।
महोत्सवको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले उद्घाटन गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस !