नमोबुद्ध संवाददाता

काठमाण्डौं–पूर्णकुमारी राणाले कलंकीमा रहेको जनप्रभात माविलाई दिएको ८ रोपनी ८ आना जग्गा भाडामा नलगाउन सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ता शान्ता पन्त र जन जागृृत मावि, महाँकाल काठमाडौँका शिक्षक कुमार लामाले हिजो दायर गरेको रिटमाथि सुनुवाई गर्दै अदालतका न्यायाधिश पुरुषोत्तम भण्डारीको एकल इजलाशले यो आदेश दिएको हो ।

२४ बर्ष देखी लिंकन स्कूललाई भाडामा दिइएको उक्त जग्गा पुन : भाडामा दिन स्कूलले गत भादौ ७ गते टेण्डर खोलेको थियो । सर्र्वाेच्च अदालतले प्रतिपादन गरेको नजिरको अवज्ञा गर्दै विद्यालयले त्यसखालको टेण्डर खोलेको भन्दै रिट निवेदक पन्तले टेण्डर रोक्न र बरु उक्त जग्गा विद्यालयलाई चउर बनाउन, बाल उद्यान बनाउन प्रयोग गर्न लगाउन माग गर्नुभएको छ ।

रिट निवेदनमा त्यस खालको जग्गा भाडामा लगाई बिना दरबन्दी शिक्षक÷कर्मचारी नियुक्ती गरी तलब भत्ता खुवाएको देखिएकोले ति शिक्षक कर्मचारीको नियुक्ती बदर गर्न र अब आइन्दा त्यसरी शिक्षक कर्मचारी नियुक्त गर्न रोक लगाउन पनि माग गरिएको छ ।

विद्यालयले प्राप्त गर्ने जग्गा गरिखाने भाँडो बनाईरहेका थुप्रै विद्यालय सञ्चालकहरु आदालतको पछिल्लो यो आदेशले झस्कीएका छन् । जनप्रभात विद्यालयलाई उक्त जग्गा राणा शासन कालमा हर्ताकर्तामा रहेका रवि शम्सेरकी श्रीमती पूर्णकुमारीले दान दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !