शान्ति लामा,,

भक्तपुर–गत महिना मात्रै राजधानीमा प्रदर्शन गरिएको तामाङ कथानक चलचित्र “घ्रान” (कसम) भक्तपुरमा पनि प्रर्दशन गरिने भएको छ । दर्शकले रुचाएपछि पछिल्लो समय राम्रै दर्जा पाएको यस चलचित्र यो साता भक्तपुरमा आउन लागेको हो ।

भादौ १६ गते दिउँसो ३ः३० बजे भक्तपुरको बाराही हलमा विशेष प्रदर्शन गर्नेगरी तयारी भएको निर्माण पक्षले जनाएको छ ।

मुलुकमा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आएपनि सर्वसाधारणले अझै दुख पिडा खेप्नुपरेको कथा “घ्रान”मा उधिनिएको छ । गाउँमा जिवितै रहेको सामन्तीको ज्यादतीको प्रतिकारमा गाउँलेलाई विउँझाउन यस चलचित्रको कथाले जागरण पैदा गराउँछ ।

नेपाली खस भाषामा डविङ गरी नेपालभरनै प्रदर्शनमा ल्याउने सोचका साथ फोके प्रविधि अपनाइएको यस चलचित्र निर्माणमै करिव ४० लाख खर्च भएको नायक सागर घिसङले जनाकारी दिनुभयो । तामाङ चलचित्रमानै पहिलो पटक उच्च गुणस्तरको भिडियोसहित निर्माण भएकोले यो चलचित्रले अन्य तामाङ चलचित्रलाई पनि हालको डिजिटल प्रविधिमा ढाल्न मद्दत गरेको “घ्रान” टोलीको दाबी छ ।

यो चलचित्र राम्रो रहेको सन्देश फिजिएको बखत रोजगारी र अध्ययनका क्रममा उपत्यका आसपासका अधिकांश जिल्लाका तामाङहरुको बाक्लो बसोबास रहेको भक्तपुरमा उक्त दिन भदौ १६ गते “घ्रान” हेर्न हजारौं दर्शक आईपुग्नेमा बाराही हलसञ्चलक पनि विश्वस्त छन् ।

“घ्रान”मा सागरसँगै नायिका सुकुमाया मोक्तानको अलावा शुस्मा मोक्तान,बिकास स्यङ्तान, सुनिता थिङ, शम्भु घिसिङ, पुसन लामा, राम घिसिङ, मुस्कान तामाङ, राम चन्द्र तामाङ, कर्मा घिसिङ, कुन्साङ तामाङ, योगेश मोक्तान, सरोज तामाङ, प्रशान्त तामाङ लगायतको दमदार अभिनय देख्न पाईनेछ ।

अमृत लामा र सागार घिसिङको कथा तथा पटकथामा जनक गुरुङ निर्देशित चलचित्रमा द्वन्द निर्देशन वाङ्छु लिम्बुको रहेको छ भने नृत्य निर्देशन अजय स्याङ्तानको रहेको छ । निर्देशक स्वयम्को संवादलाई बिक्रम लामा मोक्तानले क्यामेराकैद गर्नुभएको हो ।

कुमार स्याङ्बा र सुक्रानी दोङ (अनु)को शब्दलाई विशाल काल्तान,अमृत लामा, निमा दोङ र कृष्ण काफ्लेले संगीतबद्ध गरेका छन् भने ति गीतलाई अन्जु पन्त, विशाल काल्तान, जितु लोप्चन, निमा दोङ ,निर्माला घिसिङ, शम्भु घिसिङ र दिपा लामाले गाएका हुन् ।

प्रतिक्रिया दिनुहोस !