नमोबुद्ध संवाददाता

काठमाण्डौं–सरकारले कतारमा बिना खर्चमा कामदार पठाउने तयारीमा जुटेको छ । श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले केही समय भित्रै रोजगारीका लागि कतार जान एक रुपैयाँ पनि तिर्नु नपर्ने वातावरण तयार हुने बताउनुभएको हो ।

बुधबार संसदको उद्योग वाणिज्य, उपभोक्ता तथा श्रम समितिमा मन्त्री बिष्टले यसका लागि कतारसँगको छलफल अन्तिम चरण पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार यसका लागि कतारसँग नयाँ सम्झौता गर्ने तयारी भइरहेको छ ।

अहिले पनि कतारमा जाने श्रमिकका लागि फ्रि भिसा र टिकेटको प्रावधान लागू छ । तर, कार्यान्वयन भएको छैन । अब भने सरकारले विशेष व्यवस्था मार्फत नै कतारसँग श्रमिक पठाउने प्रवन्ध गर्न लागेको उहाँले बताउनुभयो । त्यसको लागि सम्झौताको तयारी अन्तिम चरणमा रहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !