नमोबुद्ध संवाददाता

धुलिखेल–सञ्चार सुचना तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले देशको सवृद्धिमा नेपाली नागरिकलाई आ–आफ्नो स्थानबाट सकारात्मक सहयोग गर्न आग्रह गर्नुभएको छ ।

नेपाल पत्रकार महाँसंघ काभ्रेले शनिबार आयोजना गरेको प्रारम्भ संस्थाको पहलमा सिंगापुर रेडक्रसको सहयोगमा प्राप्त प्राथमिक स्वास्थ्य सामाग्री वितरण समारोहमा बोल्नुहुदै उहाँले भन्नुभयो–“हुन त आजको सिंगापुर बनाउन धेरै नेपाली युवाले रगत पसिना बगाएका छन्,उनिहरुबाट सहयोग पाउनु हाम्रो अधिकारनै हो, आज हामीले जे जत्ति स्वास्थ्य सामाग्री पायौं योनै सम्पुर्ण हैन,प्राकृतिक विपत आउने यो बेला सबै गाउँपालिकामा प्राथमिक स्वास्थ्य उपचार सामाग्री पुर्याउन हामीले पनि केहि न केहि त गर्नै पर्छनी,हाम्रा आफ्ना गाउँमा परेको विपत्तिको सामना साझा प्रयासबाटै गर्नपर्छ,यसमा हाम्रो पनि योगदान रहनुपर्छ ।”

आ–आफ्नो दक्षता,क्षमता अनुसार काम गरेर योगदान गर्न सकिने उहाँले बताउनुभयो । जनमतको सम्मान गर्दै सरकारले विकासका योजनाहरु अघि बढाउदा नाकारात्मक टिक्का टिप्पणी गर्नु राम्रो नहुने उहाँको भनाई छ ।

अब पक्ष विपक्ष भन्नु केहि र कोही नरहेको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले लड्नुछ भने सबैको सत्रु गरिवीसँग लड्न आवश्यक रहेको बताउनुभयो । उहाँले प्राकृतिक रुपमा सुन्दर मुलुक नेपालमा अब उत्पादनमुखि कामबाट मुलुकलाई बलियो बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।

सरकार दृढ संकल्पकासाथ अघि बढेको बेला बाहिर चाँहिदो नचाँहिदो प्रचारबाजी गर्ने तत्वहरुको वेवास्ता गर्नुपर्ने भन्दै उहाँले भन्नुभयो –“सरकार राम्रोकै लागि लागि परेको छ, कटिबद्ध,प्रतिवद्ध भएर लागेको छ एउटा संकल्प बोकेर, यसमा निरंकुश भन्छ भने यो राजनीतिक पुर्वाग्रह मात्र हो ।”

सरकारले जनतालाई सुख बाँड्न चाहेको भन्दै उहाँले नजिकबाट यसको प्रत्याभुति दिलाउने काम स्थानिय सरकारले गर्ने बताउनुभयो ।

मण्डन देउपुर नगरपालिकाका प्रमुख टोक वहादुर वाईबाले बर्खामास तराईमा बाढिले दुख दिएजस्तै काभ्रेका विभिन्न स्थानमा पहिरोबाट थुप्रै स्थानिय नागरिक प्रभावित बनेको जानकारी दिनुभयो । उहाँले यस्तो अवस्थामा स्थानिय सरकार आफ्नो स्रोत तथा साधनले भ्याएसम्म उद्धार तथा पुनस्थापनामा लागि परेको उल्लेख गर्नुभयो ।

उहाँले यस्ता विपत्तिमा तत्काल प्रयोग गर्न सकिने र उपयोगी हुने स्वास्थ्य उपचार सामाग्री सिंगापुर रेडक्रसको सहयोगमा पत्रकार महाँसंघ मार्फत पाउनु खुसीको कुरा रहेको बताउनुभयो ।

पत्रकार महाँसंघले मण्डन देउपुर नगरपालिकााई ३१२ थान,रोशी गाउँपालिकालाई ४०८ थान,धुलिखेल नगरपालिकालाई ३१२,बनेपा नगरपालिकालाई २६४,पनौताी नगरपालिकालाई ४०८,पाँचखाल नगरपालिकालाई ३०८,नमोबुद्ध नगरपालिकालई ४०८ थान प्राथमिक स्वास्थ्य उपचार सामाग्री बक्स सेट वितरण गरेको हो ।

साथै पत्रकार महाँसंघका सदस्यहरुलाई लक्षित गरी पत्रकार महाँसंघले पनि २१६ थान उक्त सामाग्री प्राप्त गरेको पत्रकार महाँसंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सीनाले जानकारी दिनुभयो । विपतको बेला पत्रकार महासँघलेसमाजप्रतिको उत्तरदायित्वलाई भुल्न नसकि यस्तो कार्यक्रम आयोजना गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !