-
नमोबुद्ध संवाददाता
काठमाडौं– अमेरिकामा उच्च शिक्षा हासिल गरेका ११ जना तामाङ युवाहरुलाई तामाङ समाज न्युर्योकले सम्मान गरेको छ । न्युयोर्क राज्यमा बसोबास गरी सन २०१८ मा एसोसिएट डिग्री वा सो भन्दा माथि हासिल गरेका ११ जनालाई सम्मान गरिएको हो । साथै विद्यार्थीहरुको भावी करिअरका सन्दर्भमा पनि छलफल गरिएको विज्ञप्तिमा जनाइएको छ ।
युवाहरुलाई करिअर सफलताका लागि अमेरिकाबाट प्रोफेसर एवं समाजशास्त्री डा. क्याथरिन मार्च, नेपालबाट सांसद नविना लामा, नेपाली सेनाका कर्णेल तथा गीतकार डा. आश बहादुर तामाङ, जापानका लागि पूर्वराजदूत तथा समाजसेवी गणेश योन्जन, क्याप्टेन एवं कलाकार बिजय लामा लगायतले शुभकामना पठाए
सम्मानित हुनेहरुमा मास्टर्स डिग्री गरेका अमृत लामा, ब्याचलर डिग्री गरेका मरिना तामाङ, उमा लामा, करुणा लामा, निलिमा रुम्बा र एन्जेला छन् । त्यसैगरी एसोसिएट डिग्री गरेका तेन्जी योन्जन, सरीता लामा, साङ्मो लामा, तेन्जिङ योन्जन र सोनिका लामा पनि सम्मानित भए ।
न्युयोर्कस्थित ज्याक्सन हाईटमा सम्पन्न कार्यक्रममा उच्च शिक्षासँगै अमेरिकामा कसरी आफूले चाहेको क्षेत्रमा करिअर विकास गर्ने भन्ने विषयमा पनि छलफल चलाइयो । डा. बर्षा मोक्तान, डा. आसमान लामा, कम्प्युटर ईन्जिनियर रोशन लामा, ईलेक्ट्रिक ईन्जिनियर समीर तामाङ, लाग्वार्डिया कम्युनिटी कलेजका सल्लाहकार प्रविन मोक्तान, युवा व्यवसायी पवन योञ्जन, पुर्व मिस तामाङ (२०१३) लाक्पा तामाङ लगायतले करिअर विकास सम्बन्धी आ–आफ्ना अनुभव सुनाएका थिए ।
कार्यक्रममा युवाहरुलाई करिअर सफलताका लागि अमेरिकाबाट प्रोफेसर एवं समाजशास्त्री डा. क्याथरिन मार्च, नेपालबाट सांसद नविना लामा, नेपाली सेनाका कर्णेल तथा गीतकार डा. आश बहादुर तामाङ, जापानका लागि पूर्वराजदूत तथा समाजसेवी गणेश योन्जन, क्याप्टेन एवं कलाकार बिजय लामा लगायतले शुभकामना पठाएको तामाङ समाज न्युयोर्कका सचिव दिपेन्द्र लामाले विज्ञप्तिमा जनाए ।
कार्यक्रममा उपस्थित गैह्रआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका महासचिव बाबुराम लामा, तामाङ समाज उत्तर अमेरिकाका अध्यक्ष लक्यान लामा, संस्थापक अध्यक्ष सुवास लामा, पूर्वअध्यक्षहरु राम तामाङ, सूर्य पाख्रिन लगायतले शुभकामना मन्तब्य राखेका थिए । बिद्यार्थी सम्मान कार्यक्रमलाई प्रत्येक बर्ष नियमित गर्ने तामाङ समाज न्युयोर्ककी अध्यक्ष गोमा योन्जनले बताईन् ।
सचिव दीपेन्द्र लामा, सह–सचिव रोज लामा, कार्यक्रम संयोजक छिरिङ योन्जनले सहजीकरण गरेको कार्यक्रममा सदस्य नुर्बु तामाङले कार्यक्रमको औचित्यबारे प्रस्ट्याएका थिए ।