बनेपा÷अष्ट्रेलिया नेपाली विद्यार्थीहरुको रोजाईको देश बनिरहेको बेला काभ्रेली विद्यार्थीहरुमा खुसीको खबर ! अब काभ्रेबाट सिधै अष्ट्रेलिया जान पाउने छन् ।
बारम्बार काठमाण्डौं धाई ‘प्रोसेस’का लागि समय खर्चिनुपर्ने अवस्थाको अन्त्य भएको हो ।
शुक्रवार बी.एण्ड बी इन्टरनेशनल एजुकेशन कन्सलटेन्सी प्रालिले बनेपामा फ्रि सेमिनरको आयोजना गरी उक्त कुराको जानकारी दियो ।
यस अघि जापानमा पढ्न जाने विद्यार्थीहरुको लागि मात्र काम गर्दै आएको यस कन्सल्टेन्सीले अब अष्ट्रेलियाको लागि पनि आवश्यक प्रक्रिया थाल्ने प्रबन्ध निर्देशक मौसमी लामाले जानकारी दिनुभयो ।
कार्यक्रममा विद्यार्थीहरु,chief of kingdom Institute management kueens Institute of management का साराङ धावङ , Represeuative का प्रतिनिधी इन्द्र पोखरेल र मनिश श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
बी.एण्ड बी. इन्टरनेशनल एजुकेशन
बी.एण्ड.बी.को कार्यालय काभ्रेको बनेपा चारदोबाटोबाट पनौति रोडमा पर्छ । वि.सं. २०५८ सालमा स्थापना भई बी. एण्ड बी. ल्यांग्वेज एण्ड ट्युसन सेन्टरको नामबाट सञ्चालन थालेकोमा अहिले बी एण्ड बी इन्टरनेशनल एजुकेशन कन्सलटेन्सी प्रा.लिमा रुपान्तरण भएको छ ।
‘नेपालबाट विदेश अध्ययन गर्न जाने एउटा लहर चल्यो, त्यो चाँही धेरै अगाडि देखिनै थियो ।’ प्रबन्ध निर्देशक मौसमी लामा भन्नुहुन्छ—‘शुरुशुरुमा धेरै कन्सल्टेन्सीहरु खोले तर त्यसले राम्रो प्रतिफल लिन र दिन सकेन अब हामी आएका छौं ।’
२०६० सालदेखि कन्सल्टेन्सी व्यवसायले बजारमा छुट्टै गति लिएको उहाँको भनाई छ । विदेश अध्ययन गर्न जानेलाई केही व्यवस्थापन र सही परापर्श दिन बी. एण्ड. बी. इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी प्रा. लि. सुचारु गरेको उहाँले बताउनुभयो ।
सम्पर्कमा आएका विद्यार्थीहरुलाई आफ्नो भविष्यप्रति सचेत गराउने, अघि बढ्न प्रेरित गर्ने, अप्ठेरा, समस्याहरुमा सहयोग गर्ने, सक्षम एवं योग्य व्यक्ति बन्न एउटा पुलको भूमिका निर्वाह गर्ने भावी योजना रहेको प्रबन्ध निर्देशक लामाको भनाई छ ।
उहाँ व्यवसायमा मात्रै केन्द्रित नभई यस संस्थाले सामाजलाई थप सेवा पुर्याउने खालका सामाजिक गतिविधिहरु पनि सन्चालन गर्ने योजना सुनाउनुहुन्छ ।