विविसी काठमाण्डौं,२३ जेठ : ग्वाटेमालामा फेरि ज्वालामुखी विस्फोट भएको छ । ज्वालामुखी विस्फोटमा मृत्यु हुनेको संख्या ७२ पुगेको छ । फोएगो नामक ज्वालामुखीबाट ति मानिसहरुको ज्यान गएको हो । कैयौं मानिस वेपत्ता भएका अधिकारीहरुले जनाएका छन् । ग्वाटेमालाको राष्ट्रिय भूगर्भ केन्द्रका प्रमुख एड्डी सान्चेसले केही दिनसम्म ज्वालामुखी विस्फोट नहुने बताएपनि फेरि ज्वालामुखी विस्फोट भएको हो । फेरि ज्वालामुखी विस्फोट हुन थालेपछि आपत्कालीन सेवाका अधिकारीहरूले वरपरका मानिसहरूलाई सुरक्षित स्थानमा सारिरहेका छन् । अधिकारीहरूका अनुसार ज्वालामुखी विस्फोटका कारण १७ लाख मानिस प्रभावित भएका छन् । केहि दिन अघि मात्रै ज्वालामुखी विस्फोटमा ज्यान गएका मानिसहरुको अन्तिम सांस्कार गरि नसकिदै फेरि ज्वालामुखि विस्फोट भएपछि जनजीवन त्रसित बनेको छ ।