काठमाण्डौं,२२ जेठ :
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सघाउन नेपालले राखेको प्रस्तावमा अन्तराष्ट्रिय श्रम सङ्गठन आईएलओ सकारात्मक देखिएको छ ।
सङ्गठनको १ सय ७ औं अन्तराष्ट्रिय श्रम सम्मेलनका क्रममा स्वीट्जरल्यान्डको जेनेभामा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले सङ्गठनका महानिर्देशक गाय राइडरलाई भेटेर यस्तो आग्रह गरेकोमा आईएलओको यस्तो प्रतिक्रिया आएको हो ।
नेपाल सरकारले आर्थिक वर्ष २०७५÷७६ को बजेटमा मुलुकभित्र रोजगारी सिर्जना गर्न नेपालीलाई कामका लागि विदेश जानुपर्ने अवस्था अन्त्य गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम सन्चालन गरिने उल्लेख गरिएको छ ।