नमोबुद्ध संवाददाता,, काठमाण्डौं,२२ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले ‘एक नेपाली एक फलफूलको विरुवा’ अभियान सुरु गर्नुभएको छ । विश्व वातावरण दिवसको अवसरमा मंगलबार सिंहदरबारमा लिची र एभोकाडोको विरुवा रोपेर प्रधानमन्त्री ओलीले यो अभियानको सुरुवात गर्नुभएको हो । नेपाललाई फलफूलको सुन्दर बगैंचा बनाउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । सिंहदरबार परिसरमा उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोख्रेललगायत मन्त्री र सचिवहरुले समेत विभिन्न जातका फलफूलका विरुवा रोपेका छन् । यो अभियान सुरु भएकै दिन मंगलबार देशैभरि १ लाख भन्दा बढी फलफूलका विरुवा रोपिएको छ ।