किरण थापा,,

मेलम्ची,२0 जेठ :
सिन्धुपाल्चोकको मेलम्ची बजारमा छारोमाथि नै कालोपत्रे गर्ने काम सुरु गरेको भन्दै स्थानियले विरोध जनाएका छन् ।

सडक डिभिजन कार्यालय चरिकोटले ७ लाख बजेट बराबरको काम गरिरहेकोमा उक्त काम गर्ने शैलीबारे स्थानियले विरोध गरेका हुन् ।

कालोपत्रे गर्दा कमसल काम भएको भनेर मेलम्ची बजार व्यवस्थापन समितिका अध्यक्ष टेकलाल श्रेष्ठलगायत स्थानीयले गुनासो गरेका हुन् । अघिल्लो वर्ष पनि खाल्टाखुल्टी टालिएको थियो ।

यसरी गरिने काम दिगो नभएकाले आफूहरुले विरोध गरेको बजार व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

आर्थिक वर्ष सकिनै लाग्दा अधिल्ला वर्षहमा जस्तै यो वर्ष पनि बजेट सक्ने मात्रै काम सुरु हुन थालेको उनिहरुको आरोप छ ।

बाटो टालटुलको जिम्मा लिएको सिन्धु निर्माण सेवाका ठेकेदार रामबाबु लुईटेल भने आफूले सम्झौता अनुसार नै काम गरेको दावी गर्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस !