नमोबुद्ध संवाददाता,,

धुलिखेल,२० जेठ :
शैक्षिक सत्र सुरु भई यत्तिबेला धमाधम कक्षा सञ्चालन हुनुपर्ने हो । तर सबैको ध्यान अझै पनि भर्ना अभियानमै केन्द्रित हुदैछ । सरकार सबै बालबालिकालाई शिक्षाको पहुँचमा पुर्याउने अभियानमा लागेकोले यसमा सघाउन स्थानिय तहसम्मका अंगहरु जुटेकै छन् ।

प्रधानमन्त्रीदेखी स्थानिय जनप्रतिनिधिसम्मलाई यो अभियानमा अझ जिम्मेवार बनाउन उनिहरुकै सहभागितामा गाउँगाउँमा झण्डै महिना दिन भर्ना अभियान चलिसक्यो ।

विद्यालय विद्यालयमा पाठ्यपुस्तक पुरयाई पठपाठन अघि बढाउनुपर्ने बेला पुनः सरकारले दोस्रो चरणको भर्ना अभियान संचालन गर्ने भएको छ । विद्यालय भर्ना हुन नसकेका वालवालिकाहरुका लागि लक्षित गर्दै मन्त्रीपरिषदको आईतबारको बैठकले दोस्रो चरणको विद्यार्थी भर्ना अभियान चलाउने निर्णय गरेको हो ।

पहिलो अभियानबाट छुटेका ५९ हजार विद्यार्थीहरुलाई विद्यालय ल्याउन अभियान सञ्चालन गर्ने निर्णय गरेको जनाइएको छ ।

सरकारको यो निर्णयबाट जनतामा सकारात्मक सन्देश गएको छ । सरकार शिक्षाप्रति कति संवेदनशील छन् भन्ने कुरा यो निर्णयबाट स्पष्ट हुने जानकारहरु बताउँछन् ।

सकेसम्म सबै बालबालिकालाई विद्यालय भर्ना गराएरै छाड्ने मनस्थीतिमा सरकार देखिएको हो । यसअघिका सरकार औपचारिकतामा मात्रै सिमित हुने गरी काम चलाउ भर्ना अभियानमै टार्थे ।

प्रतिक्रिया दिनुहोस !