• नमोबुद्ध संवाददाता,,,

मादनकुडारी,१८ बैशाख :
२५६२ औं बुद्धजयन्तीको अबसरमा लुम्बिनीमा नेपाल र नेपाल बाहिरका समेत संयौं संस्थाहरुको भेला गराई गरिएको अन्ताराष्ट्रि बौद्ध सम्मेलनले संसारको ध्यान खिचिरहेको बेला काभ्रेको ग्रामिण क्षेत्र चौरीदेउराली गाउँपालिका ७ म्हादन(मादनकुडारी)मा पनि बुद्ध जयन्तीको रौनक देखियो ।

मादनवासीले पवित्र दिन बुद्ध जयन्तीमा धार्मिक तथा सँस्कृतिक गतिविधि गरे । टासी दार्गेलिङ गुम्बामा भएको एक औपचारिक कार्यक्रममा पुजा पाठका साथै रसुवा स्याफ्रुका अवतारी लामा धर्वाङ ह्रोम्पोछे सोनाम टुल्कु ह्रेम्पोछेको प्रमुख आतिथ्यतामा बुद्ध प्रवचन,मोलम,दान,र्याली जस्ता कार्यक्रमहरु गरी बुद्ध जयन्ती मनाए ।


टासी छ्याअीफ्रेल बाबु लामा गुम्बा तथा सग्रहालय घ्याङडाँडाको आयोजनामा भएको कार्यक्रम अन्तरगत विहान पुजापाठ तथा मोलम र दिउँसो स्थानिय विद्यालयका शिक्षक तथा विद्यार्थीहरु र साविक मादन कुडारी वडा नम्बर १,२,३ र ९ नम्बर वडाका आमा समूहका महिलाहरुद्धारा शान्तिको कामना सहित मादनकुराडरीबाट कत्तिकेदेउराली परिक्रमा गर्दै पुनःमादनकुडारीसम्मको र्याली पनि गरियो । अवतारी लामाको उपस्थिती रहने खबरले स्थानिय निकै खुसीका साथ सहभागि भए । उनिहरु पुजापाठ तथा प्रवचनका साथ र्यालीमा पनि उत्साहका साथ सहभागि भए ।


विशेष अतिथिको रुपमा आउनुभएका बौद्ध चिन्तन तथा रुपान्तरण मञ्चका संयोजक अनिल घिसिङले गुम्बाका लागि ५० हजार दान गर्नुभयो । बुद्ध दर्शन सम्बन्धी राम्रा जानकार मानिएका अनिलले दिनुभएको प्रवचनको पनि स्थानियले खुलेर प्रशंसा गरे । साथै बुद्ध जयन्तीकै दिन उक्त समारोहमा बुद्ध जयन्ती पासाःपुचःबाट पनि ८ हजार दान सहयोग प्राप्त भएको आयोजकले जनाएको छ ।

ललितपुरको पाटनबाट आउनुभएका अमिर शाक्यको टोलीले भने अमिताभ बुद्धको मुर्ति तथा बुम्बा जस्ता गुम्बालाई आबश्यक सरसामाग्री दान गर्यो । अमिरले व्यक्तिगत तर्फबाटै १० हजार दान सहयोग गर्नुभयो । उहाँको टोलीमा सहभागि सानु शाक्य,अम्बर शाक्य,निरञ्जन शाक्य,राजेश शाक्य,बुद्धरत्न शाक्य,संघम् शाक्य र युक्त ढक्ख्वा शाक्यले पनि बुद्ध जयन्तीको अबसरमा बुद्ध दर्शन र मानिसको जीवन बिचको तारतम्यतालाई संसारभर बुझाउन स्थानिय गुम्बाले यस्तो कार्यक्रमा गरेकोमा खुसी व्यक्त गरे ।


साथै काठमाण्डौंबाट लामा ङ्हेमा,लामा होसा दोर्जे,लामा काल्साङ,लामा धामे,लामा ल्हाक्पा,लामा घेलु,लामा कर्मा लगायतका ह्योल्मो लामाहरु पनि बुद्ध प्रवचनमा सहभागि भए । उनिहरुले स्थानिय आमा समूह,शिक्षक,विद्यार्थी तथा वुद्धिजीवि सबैको सक्रियतामा यस्तो कार्यक्रम भएको भन्दै प्रसंशा गरे ।

 

कार्यक्रममा अर्का विशेष अतिथि रामेछापका टेक घिसिङ अन्य अतिथिका रुपमा,वडाध्यक्ष बीरबल लामा,चौरीदेउराली गाउँपालिकाका प्रतिनिधि तेजबहादुर घिसिङ,टासी कुण्डलिङ गुम्बाका प्रमुख लामा ठुलो छेवाङ नाम्गेल,टासी दार्गेलिङ गुम्बाका प्रतिनिधि कान्छा लामा,सिर्जनशील माविका प्रतिनिधि ज्ञान बहादुर लामा,स्वस्थानी माविका प्रतिनिधि आशाराम लामाको उपस्थिती रहेको थियो।

टासी छ्याअीफ्रेल बाबु लामा गुम्बा तथा सग्रहालयका अध्यक्ष पेमा लामाको सभापतित्व एवम् स्थानिय धावा लामाको सञ्चालनमा भएको कार्यक्रममा दान तथा सहयोग गर्नेहरुलाई प्रमाणपत्रका साथै सम्मानपत्रद्धारा सम्मान पनि गरिएको सिर्जनशील माविका शिक्षक ज्ञान बहादुर लामाले जानकारी दिनुभयो ।
(फोटो सौजन्य : ज्ञान बहादुर लामा)

प्रतिक्रिया दिनुहोस !