- नमोबुद्ध संवाददाता,,,
काठमाण्डौं,१८ बैशाख :
सुन काण्डमा मुछिएर अदालतबाट सफाई पाएका नेपाल प्रहरीका एसएसपी श्याम खत्री अब नबच्ने भएको छ । साढे ३३ किलो सुनकाण्डमा संलग्न रहेको आशंकामा खत्रीलाई प्रहरी प्रधान कार्यालयले पक्राउ पूर्जीनै जारी गरेको छ ।
खत्री केही समयअघि प्रहरी प्रधान कार्यालयमा हाजिर भए पनि ३३ किलो सुन काण्डको पर्दाफास भएपछि फरार रहेका छन् । उनिविरुद्ध प्रहरीले देशैभर सर्कुलर जारी गरेको छ ।
खत्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको सुन तस्करीमा संलग्न रहेको केहि स्रोत फेला परेपछि जोखिने सम्भावन कम देखिएको छ । यहि सम्बन्धमा सोधपुछका लागि एसएसपी खत्रीलाई नियन्त्रणमा लिई बयानका लागि मातहतका निकायलाई निर्देशन दिईसकेको छ ।
खत्री २०७३ साल पुस २१ गते दुबईबाट त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल हुँदै काठमाडौं भित्रिएको साढे ३३ किलो सुनकाण्डमा पक्राउ परेका थिए । गतबर्षको चैत ४ गते काठमाडौ जिल्ला अदालतले उनलाई २ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो ।