• नमोबुद्ध संवाददाता,,,

धुलिखेल,१८ बैशाख :
सन् १८८६ मा सुरु भएको मजदुर आन्दोलनको सम्झनामा मंगलबार विश्वभर १२९औँ अन्तराष्ट्रिय श्रमिक दिवस मनाइएको छ । मजदुर दिवसको अवसरमा काभ्रे लगायतका विभिन्न जिल्लमा विभिन्न संघ संस्थासँग आबद्ध मजदुरले ¥याली सहितका कार्यक्रम आयोजना गरेका छन् ।

‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नाराका साथ अमेरिकाको सिकागोबाट विश्व मजदुर दिवस मनाउन सुरु भएको हो ।

जत्तिबेला मजदुरहरु आन्दोलनमा थिए, अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । त्यहि बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गर्यो । प्रहरीको गोली लागेर सात मजदुरको मृत्यु भयो ।

त्यसैको सम्झनामा सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस !