एजेन्सी,१४ बैशाख :
उत्तर कोरियाली नेता किमजोङ्ग उन दक्षिण कोरियामा पुग्नुभएको छ । वार्ताका लागि उत्तर कोरियाका नेता किम दक्षिण कोरिया पुग्नुभएको हो । उहाँले शान्तिहोस् भन्नेहरुको आशा पूरा गर्नका लागि शुक्रबार एक सम्झौता हुन सक्ने बताउनु भएको रोयटर्सले जनाएको छ ।

शुक्रबारदेखि सुरु भएको उत्तर र दक्षिण कोरियाका नेताहरुबीचको ऐतिहासिक शिखर वार्ता सुरु भएसँगै उहाँले सो कुरा बतायनुभएको हो ।गैरसैनिक क्षेत्रमा जारी वार्ताबाट दुई कोरियाबीचको युद्ध अन्त्य भएको औपचारिक घोषणा लगायतका विषयमा ऐतिहासिक निर्णय हुने अपेक्षा गरिएको छ ।

दक्षिण कोरियाली राष्ट्रपति मुन जे–इनले वार्ता शुरू हुनुअघि दुई देशबीचको सीमामा किमलाई स्वागत गर्नुभएको थियो । सन् १९५३ मा कोरिया युद्धपछि दक्षिण र उत्तरको रुपमा कोरिया बिभाजित भएको थियो । सो युद्ध अन्त्यभएपनि दुई देशबीच कटुतापूर्ण सम्बन्ध रहदै आएको छ । यहीक्रममा दक्षिण कोरियाली भूमिमा पाइला टेक्ने किम पहिलो उत्तर कोरियाली नेता बन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !