• नमोबुद्ध संवाददाता

काठमाण्डौं,२७ चैत :
वैशाख २ देखी विद्यार्थी भर्ना अभियान सुरु हुदैछ । वर्षेनी १५ लाखको हाराहारीमा बालबालिका विद्यालय भर्ना हुन्छन् तर एसईईको परीक्षासम्म पुग्ने विद्यार्थी करिव ४ लाख हुन्छन् ।

तामझामका साथ भर्ना अभियान हुने तर बालबालिका विद्यालयमा टिक्न नसक्ने अवस्थाको अन्त्य गर्न सरकारले कदम चाल्न आवश्यक छ ।

बालबालिकालाई विद्यालयसम्म ल्याउनै सरकारलाई हम्मेहम्मे छ । वर्षेनी ३ लाख बालबालिकालाई विद्यालय भर्ना गराउनै सकिरहेको हुदैन ।

यसैबिच विद्यार्थी भर्ना बृद्धिदरमा सुधार ल्याउन सरकारले एक व्यक्ति, एक भर्ना अभियानलाई सहयोग गर्ने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विद्यालयको पहुँच बाहिर रहेका बालबालिकालाई विद्यालयसम्म ल्याउने सरकारको योजनामा सहयोग गर्न सरोकारवाला पक्षलाई आग्रह गरेको हो ।

शिक्षाको अवसरबाट बञ्चित बालबालिकामध्ये एक जना खोजी गरी विद्यालयमा भर्ना गरीदिन र स्वेच्छिक अभिभावकत्व ग्रहण गर्न मन्त्री, राजनीतिक दलका पदाधिकारी, संघ, प्रदेश र स्थानीय तहका प्रतिनिधि लगायतलाई आग्रह गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !