- सेम्ह्रो फुलमान तामाङ
नवलपुर,२६ चैत :
“नयाँ वर्ष मनाउन इन्द्रावती गाउँपालिका जाऔँ, प्रथम इन्द्रावती गाउँपालिका महोत्सव सफल बनाऔँ” भन्ने नाराकासाथ इन्द्रावती गाउँपालिकामा २८ गते बुधबारदेखी ईन्द्रावती महोत्सव हुदैछ । गाउँपालिकाको आयोजनामा हुने महोत्सवको उद्घाटन भने वैशाख १ गते न्याय संसदीय तथा कानुन राज्यमन्त्री शेर बहादुर तामाङले गर्नुहुनेछ । विशिस्ट अतिथीका रुपमा तीन नम्बर प्रदेशका समाजिक बिकास मन्त्री युवराज दुलाल रहनुहुनेछ ।
महोत्सवमा स्थानिय उत्पादनहरुको प्रदर्शनी र किनवेच, विभिन्न जातजातीको झाँकी प्रदर्शन,राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिका साथै मार्सल आर्ट प्रदर्शन हुनेछन् । वैशाख २ गतेसम्म इन्द्रावती गाउँपालिकाको ऐसेलुखर्क मैदानमा जारी रहने महोत्सवको आकर्षणको रुपमा गाउँपालिका अध्यक्ष फुटबल कप र इन्द्रावती गाउँपालिकालाई चिनाउने तथा परिभाषित गर्ने विषयलाई लिएर लोक दोहोरी प्रतियोगिता पनि हुने आयोजकले जानकारी दिएको छ ।
गाउँपालिका अध्यक्ष फुटबल कप प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष एवम् गाउँपालिका महासङघका महासचिव वंशलाल तामाङले गर्नुहुने तय भएको छ । प्रतियोगितामा इन्द्रावतीका १२ टिम सहभागी हुने छन् । कपको फाइनल वैशाख २ गते,महोत्सव समापनको दिन हुनेछ । फुटबल कपमा पहिलो हुनेलाई अध्यक्ष कपसहित ५० हजार ५०० नगद, दोस्रो हुने टिमलाई ३५ हजार ५०० नगदसहित कप, मेडल ,प्रमाणपत्र,तेस्रो हुने टिमलाई २० हजार ५०० नगदसहित कप,मेडल, प्रमाणपत्र र सान्त्वना हुने टिमलाई १० हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र दिइनेछ । त्यस्तै सर्वाधिक गोलकर्ता लाई ५ हजार, बेस्ट प्लेयरलाई ५ हजार, बेस्ट डिफेन्डरलाई ५ हजार,वेस्ट स्ट्राइकारलाई ५ हजार र वेस्ट किपरलाई ५ हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
साथै झाँकी तथा कला संस्कृति प्रदर्शनमा सहभागी भए बापत प्रत्येक समूहलाई पनि ५००० नगदले सम्मान गरिने भएको छ । लोकदोहोरी प्रतियोगितातर्फ पहिलो हुनेलाई नगद १५ हजार,दोस्रोलाई १० हजार, तेस्रोलाई ५ हजार नगद र सान्त्वनालाई ३ हजार नगदद्वारा पुरस्कृत गरिने भएको छ । महोत्सवले ईन्दावतीको पर्यटन प्रवद्र्धन तथा विकासमा सकारात्मक उर्जा दिने आयोजक ईन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङको भनाई छ ।