एजेन्सी,
२६ चैत :
बाओ फोरम फर एसिया (बीएफए)को अध्यक्षमा संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव बानकी मुन निर्वाचित हुनुभएको छ ।
सोमबार चीनमा सम्पन्न निर्वाचनबाट मुन जापानका पू्र्वप्रधानमन्त्री यासु फुकुदालाई पराजित गर्दै अध्यक्षमा विजयी हुनुभएको हो । फुकुदा यसअघि अध्यक्ष हुनुहुन्त्थ्यो ।
त्यस्तै चीनका उपविदेशमन्त्री लीबा ओडोङ फोरमको महासचिवमा नियुक्त भएको छ । उहाँसँगै बीएफएको बोर्ड सदस्यमा १९ जना निर्वाचित भएका छन् ।
निर्वाचित अरु व्यक्तिहरु पनि प्रभावशाली पूर्वसरकारी उच्च अधिकारी, व्यावसायिक नेता र प्रख्यात तथा प्रतिष्ठित व्यक्ति रहेका विभिन्न समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !