- नमोबुद्ध संवाददाता
काठमाण्डौं,२६ चैत :
सांस्कृतिक पर्वमा दिँदै आएको विदा कटौती गर्ने निर्णयप्रति जनजातिहरुले असन्तुष्टी व्यक्त गर्न थालेका छन् । हिन्दु सम्प्रदायको दशैंतिहार जस्ता पर्वहरुमा भारी विदा दिदै आएको सरकारले फेरि मुलुकको भुमि संरक्षक आदीवासी जनजातिमाथि अन्याय गरेको उनिहरुको आरोप छ ।
आदिवासी जनजाति महासंघले त विदा कटौती फिर्ता लिन सरकारसँग माग नै गरेको छ । ठूलो संघर्षबाट प्राप्त भएको सांस्कृतिक पर्वका सार्वजनिक विदा कटौती गरिएको भन्दै महासंघका अध्यक्ष जगत बरामले निर्णय फिर्ता लिन सरकारसँग माग गर्नुभयो ।
महासंघले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक विदा कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन माग गर्दै दबावमुलक आन्दोलननै घोषणा गरेको छ ।
आन्दोलनका कार्यक्रमअनुसार चैत्र २७ गतेदेखि बैशाख ३ गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओली तथा मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउने, देशभर विरोध, प्रर्दशन, धर्ना दिने लगायत छन् ।