• रेनु कार्की

काठमाडौं, २१ चैत :
विभिन्न प्रकृतिका महिला हिंसाका घटनाहरु पर्दाफास भईरहदा यसका कारण र निराकरणबारे राजधानीको बौद्धमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु चिन्तनमनमा जुटे । ‘महिला तथा बालबालिकाविरुद्ध हुने अपराध’ विषयक अन्तरक्रिया कार्यक्रमनै आयोजना गरियो । तामाङ कल्याण गुठीमा आयोजित उक्त कार्यक्रममा विभिन्न वक्ताहरुले महिला हिंसा सम्बन्धी आ–आफ्नो धारणा राखे ।
कार्यक्रमको सुरुवातमै सामाजिक अभियन्ता लक्ष्मी ढुंगानाले स्वागत मन्तब्य राख्दै समतामुलक समाज निर्माणमा जुट्न आग्रह गर्नुभयो । समाजमा दिनप्रति दिन बढी रहेको महिला हिंसा, बलात्कार जस्ता घटनाप्रति चर्चा तथा यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनी वक्ताहरुले आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक विश्वराज पोखरेलले दैनिक रुपमा बढ्दै गएको महिला तथा बालबालिका हिंसा वर्तमान समाजको एउटा दुःखद पाटो रहेको र यसलाई निराकरण गर्नका लागि समाजका सबै तहका व्यक्तिहरु लागि पर्नु पर्ने बताउनुभयो । महिला सम्बन्धी कानुन हुँदा हुँदै पनि अहिले हिंसा बढीरहेको बताउँदै उहाँले महिला आफैले हिंसा सहने गरेको, हिंसासम्बन्धी उजुरी दिए पनि पछि गएर विभिन्न करकापमा उजुरी पुनः फिर्ता लिने जस्ता कार्य गर्दा यस क्षेत्रका अपराधीहरुले उन्मुक्ति पाउने गरेको उहाँको भनाई छ ।
विशेष अतिथिको रुपमा सहभागि जापानका पूर्व राजदूत डाक्टर गणेश योञ्जनले नेपाल पितृसतात्मक मुलुक भएकै कारण पनि यसका नकारात्मक असर रहिरहेको धारणा राख्नुभयो । छोरङान महिला समाज बौद्ध, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र बौद्धले आयोजना गरेको कार्यक्रमलाई सह आयोजकको रुपमा बौद्ध एकल महिला समाज बौद्ध, दिदी बहिनी समाज चुच्चेपाटी, आनन्दपुर महिला समाज तिनचुली र आनन्दा महिला समाज रामहिटीले सघाएका थिए ।
कार्यक्रममा पूर्व सांसद् आङ दावा शेर्पा, पेम्बा शेर्पा, सामुदायिक सेवा समिति बौद्धका अध्यक्ष देवराज लामा, काठमाण्डौं महानगरपालिका ६ का वडा अध्यक्ष दिपेन्द्र लामा, समाजसेवी सम्पूर्ण कुमार लामा, सान्नानी लामा, प्रहरी निरिक्षक कुमार पण्डित, दामोदर भट्ट, समाजसेवी नेपालजित लामा, बौद्ध तामाङ कल्याण गुठीका अध्यक्ष खड्गजीत लामा लगायत उपस्थित हुनुहुन्थ्यो । छोरङान महिला समाज बौद्धका अध्यक्ष माया डोल्मा लामाको सभाध्यक्षता गरेको कार्यक्रमलाई देवीप्रसाद घिमिरेको सञ्चाल गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !