
- नमोबुद्ध संवाददाता
काठमाण्डौं,२१ चैत :
एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ चयन हुनुभएको छ । एमाले संसदीय दलको बुधबारको बैठकले पूर्वसभामुख नेम्वाङलाई दलको उपनेता बनाएको हो ।
बैठकमा प्रधानमन्त्री समेत रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङलाई दलको नेता बनाउने प्रस्ताव राख्नुभएको थियो । एमाले प्रमुख सचेतकमा खगराज अधिकारी र सचेतकमा शान्ता चौधरी चयन हुनुभएको छ ।
पूर्व सभामुख तथा संविधानसभा अध्यक्ष नेम्वाङ यसअघि पनि एमाले संसदीय दलको उपनेता हुनुहुन्थ्यो । एमाले प्रमुख सचेतक नियुक्त भएका अधिकारी स्वास्थ्यमन्त्री भैसक्नुभएको छ । एमाले संसदीय दलको सचेतक बन्नुभएका शान्ता चौधरी एमाले केन्द्रीय सदस्य हुनुहुन्छ ।