नमोबुद्ध संवाददाता

काठमाण्डौं,२० चैत :
प्रधानमन्त्री केपीशर्मा ओलीले आफ्ले भारत भ्रमण गर्नेबारेको स्पष्ट जानकारी संसद्लाई गराउनुभएको छ । उहाँलेभारत भ्रमणबारे जानकारी गराउँदै छिमेकी मुलुकहरुसँग भरपर्दो मित्रता बनाउन चाहेको बताउनुभयो ।
उहाँले आफ्नो उदेश्य छिमेकी देशसँग शंकारहित मित्रता चाहेको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले छिमेकी देशसँग समानता र अहस्तक्षेपको आधारमा मित्रता कायम गरिने पनि जानकारी दिनुभयो । आफु् नेतृत्व सरकारले अवलम्बन गरेको विदेश नीतिको अन्तिम बिन्दु मितत्रा रहेको उहाँको भनाई छ । संसदलाई संवोधन गर्दै उहाँले चैत्र २३ हुन लागेको भारत भ्रमणलाई राष्ट्रहितमा केन्द्रित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
भ्रमणको क्रममा सम्झौताको चाङ लगाउने आफ्नो उदेश्य नरहेको बताउँदै उहाँले सम्झौता कार्यान्वयनमा जोड दिने बताउनुभयो । भारतमा रहँदा जलमार्ग र रेलमार्गको विषयमा पनि कुराकानी हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !