• नमोबुद्ध संवाददाता

काठमाण्डौं,२० चैत :
सरकारले सबै प्रदेश सरकारलाई नमूना कानून पठाएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सबै प्रदेश सरकारलाई पाँच वटा नमुना कानुन पठाएको हो । प्रदेश सरकारलाई अझै २२ वटा नमुना कानुन पठाउन बाँकी रहेको कानुन, न्यायतथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
बाँकी नमुना कानुन एक हप्ताभित्र प्रदेश सरकारलाई पठाउने उहाँले बताउनुभयो । मन्त्री तामाङका अनुसार नमुना कानुको आधारमा अब प्रदेश सरकारले आफु अनुकुलको कानुन बनाउनेछन् । संघीय संसदले ११० वटा कानून बनाउनु पर्ने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !