• नमोबुद्ध संवाददाता

बौद्ध,२० चैत :
समितिभित्रको विवादले काम गर्ने वाताबरण विग्रिएको भन्दै बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक कुयाङ लामाले राजीनामा दिनभएको छ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट गत भदौ १२ गते नियुक्ति पाउनुभएका लामाले मंगलबार पत्रकार सम्मेलन गरी आफुले सोमबार दिएको राजीनामा बारे जानकारी दिनुभएको हो ।
नियुक्तिपश्चातको ८ महिनाको दौरानमा समितिका अध्यक्ष राजकुमार लामा र सदस्यहरुबीच एकले अर्कालाई नगन्ने,आफु–आफु अनुकुल काम गर्न खोज्ने जस्ता प्रवित्ति हावी भएपछि ठूलै विवाद सिर्जना भएको प्रेस विज्ञप्तिमा उल्लेख छ । साथै उहाँले आफ्नो ४ वर्षे कार्यकालमा अगाडी बढाउन लागेका योजनाहरु समेत सार्वजनिक गर्दै अध्यक्ष र सदस्यहरुको कार्यशैलीका कारण उक्त पवित्र धार्मिक संस्थामा बसेर ति कामहरु गर्न नपाएको गुनासो गर्नुभयो ।

प्रेस विज्ञप्तिमा उल्लेखभएअनुसार राजनीनामा कारणहरु :

अध्यक्ष र सदस्यहरुबीचको खास विवाद के विषयमा हो भन्नेबारेमा पत्रकार सम्मेलनमा केहि नखुलाईपनि पर्यटकको आगमन तथा धार्मिक दानीहरुको साथ सहयोगले वर्षेनी करोडौं आम्दानी गर्न सक्ने बौद्धनाथ क्षेत्रविकास समितिभित्र स्थानिय योजना छनौट,कार्यान्वयन तथा आर्थिक अनियमितताकै सवाल रहेको स्रोतले बताएको छ ।
पछिल्ला ३ हप्ताको समयमा अध्यक्ष र सदस्यहरुबीच प्रहरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म कारवाहीका लागि उजुरी पुगेको,उजुरीकर्ताहरु उपर छानबिनका लागि मन्त्रालयले छानबिन समिति समेत बनाई हाल छानबिन समितिबाट छानबिन भईरहेकोले पनि विवाद सतहमा आएको देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस !