- नमोबुद्ध संवाददाता
धुलिखेल,०४ चैत :
‘विकास, सुशासन र अग्रगमनको आधार, नेपालको आर्थिक समृद्धिको बहार’ भन्ने नाराका साथ फागुन २३ गते बाट शुरुभएको काभ्रे महोत्सव आइतबार समापन भएको छ । दर्शकहरुको मागअनुसार १ दिन थप गरीएको महोत्सव जिल्ला समन्वय समितिका अध्यक्ष उद्धव केसीले आइृतबार समापन भएको घोषणा गर्नुभयो ।
केसीले यो महोत्सवले धुलिखेलको पर्यटन प्रवद्र्धनमा भुमिका खेलेको बताउनुभयो । देश र विदेशमा काभ्रे र यहाँका कला कौशल चिनाउन महोत्वले उर्जा मिलेको उहाँको भनाई छ ।
जिल्ला अदालत अगाडी धुलिखेल रंगशालामा भएको महोत्सवमा दुई करोड ५० लाखको कारोबार भएको अध्यक्ष मञ्जुकुमार कोजुले दाबी गर्नुभयो । महोत्सवको करीब ४५ हजार भन्दा बढीले अवलोकन गरेको उहाँले जानकारी दिनुभयो ।
महोत्सवमा विभिन्न औद्योगिक उत्पादन, विभिन्न होटलका सेफहरुद्धारा पकाईएको खानाका परिकारहरु,सूचना प्रविधि, शिक्षा र स्वास्थ्य, निर्माण सामग्री,ड्राईभिङ सुचना केन्द्र, शुद्ध खुवा जस्ता वस्तुका १ सय भन्दा बढि स्टल थिए । महोत्सवमा चर्चित कलाकारहरु रोज मोक्तान,ज्योती मगर, हरि कर्मचार्य लगायतले स्टेज तताएका थिए ।