• नमोबुद्ध संवाददाता

धुलिखेल,१५ चैत :
कलाकार तथा सामाजिक अभियान्ता सिताराम कट्टेल (धुर्मुस)ले अन्र्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गर्नुभएको छ । ४ वटा नमूना वस्ती निर्माण गरेर सम्बन्धित समुदायलाई हस्तान्तरण गर्नुभएका कट्टेलले नेपालमा अन्र्तराष्ट्रिय स्तरको रंगशाला निर्माण आवश्यक रहेकोमा जोड दिनुभयो ।
सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै उहाँले अन्र्तराष्ट्रि रंगशाला निर्माण गर्न धुर्मुस सुन्तली फाउण्डेसनले संयोजन गर्ने जानकारी पनि दिनुभयो । चाँडै रगशाला निर्माण समिति गठन गरेर निर्माण प्रकृयाको अभियान सुरु गर्ने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !