ईस्लामाबाद,१५ चैत :
नोबेल पुरस्कार विजेता मलाला युसुफजाईलाई पाकिस्तानका प्रधानमन्त्री शाहीद खकान अब्बासीले सम्मान गर्नुभएको छ । उहाँको अठोट र सहासप्रति खुसी व्यक्त गर्दै अब्बासीले सम्मान गर्नुभएको हो ।

५ वर्षपछि आफ्नो देश पाकिस्तान फर्किनुभएका मलालले देश फिर्न पाउनु र सम्मानित हुनुले निकै खुसी लागेको बताउनुभयो । मलालाले सन् २०१२ मा तालिवान लडाकुले आक्रमण गरेपछि पाकिस्तानलाई छोड्नु परेको थियो ।

५ वर्षपछि स्वदेश फर्किनु भएको मलालाले स्वदेश फर्किन पाउँदा खुसी भएको बताउँदै,शिक्षा सम्बन्धी आफ्नो अभियानलाई निरन्तरता दिने घोषणा गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !