• नमोबुद्ध संवाददाता

काठमाण्डौं,१५ चैत :
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले संसदमा विहिबार चिकित्सा शिक्षा अध्यादेश दर्ता गर्नुभएको छ । अध्यादेश आगामी बैठकमा छलफल हुने बताईएको छ । कार्तिक २४ गते मूल विधेयक संसदमा छलफलकै क्रममा संसद्को कार्यकाल सकिएपछि अध्यादेश जारी भएको थियो ।

मूल विधेयकको केही दफामा दलहरूको फरक मतका कारण विधेयक पारित हुन सकेको थिएन । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले डा. गोविन्द केसीले उठाएका माग अनुसार अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !