• नमोबुद्ध संवाददाता

काठमाण्डौं,१५ चैत :
आमाको उपचार गर्न काठमाण्डौ आएकी युवती काठमाण्डौमा बलात्कृत हुनुभएको छ । काठमाण्डौमा रहेको गंगलाल अस्पतालमा आमाको उपचारको लागि आएकी २३ वर्षिय युवती नक्कली डाक्टरबाट बलात्कृत हुनुभएको हो ।
आफू पनि डाक्टर भएको बताउँदै पाल्पा तानसेन–११ घर भई हाल काठमाडौं–२६ बस्दै आएका २७ वर्षीय अर्जुन कोइरालाले युवतीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । काठमाण्डौ प्रहरी परिसरका अनुसार आमाको उपचारमा सहयोग गर्छु भन्दै युवतीलाई झुक्काएर कोइरालाले बलात्कार गरेका हुन् ।
कोइरालाले बयानका क्रममा आफूले जबरजस्ती गरेको स्वीकारेको प्रहरीले जनाएको छ । उनलाई विहिबार जिल्ला अदालतबाट ५ दिनलाई म्याद थप गरी विस्तृत अनुसन्धान थालिएको प्रहरी वृत्त, महाराजगञ्जका डिएसपी योगेन्द्रसिंह थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !