- नमोबुद्ध संवाददाता
धुलिखेल,१५ चैत :
प्रदेश ३ का सर्वसाधारण सबैलाई थाहा छ कि मुकाम सबैलाई पायक हुनेगरी केन्द्रमा हुनुपर्छ,जहाँ भौतिक पुर्वाधार,भौगोलिक सुगमता पनि होस् । यो व्यवहारिक र वैज्ञानिक आधार मान्ने हो भने प्रदेश ३ का १३ वटौ जिल्लालाई पायक पर्ने प्रशासन चलाउने केन्द्र काभ्रे बन्नुपर्छ , यसमा विवाद कमै होला तर अनेक स्वार्थले खेल्न पाउँदा जनता चिन्तित छन् । यसलाई विवादित बनाउन खोजिदैछन् ।
काभ्रेबाट निर्वाचित सांसद चन्द्र लामाले संसद सचिवालयमा प्रदेश तीनका राजधानी काभ्रे तोक्न प्रश्ताव गरेको भोलीपल्टै हेटौंडामा आन्दोलननै सुरु भएको छ । प्रश्ताव छलफलमा लागि संसदमा प्रवेश नपाउदै देखिएको असन्तुष्टिको सम्बोधन के होला ? शक्तिकेन्द्रको आडमा केहि सिमित व्यक्तिको स्वार्थमा प्रदेश ३ लाई अपायक पर्नेपरी अस्थायी राजधानी बनाईएकोे हेटौंडामा त्यसैलाई स्थायि राजधानी बनाउन माग गर्दै विहिबार केहि विद्यार्थीहरुले प्रदर्शन गरे ।
उनिहरुले प्रदेश नम्वर ३ को राजधानी सार्ने प्रस्तावको बिरुद्ध हेटौंडा बजारमा प्रर्दशन गरेका हुन् । हेटौंडाबाट प्रादेशिक राजधानी सार्ने तयारी विरुद्ध प्रर्दशन गरेको स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर बहुमुखी क्याम्पसले जनाएको छ । अहिले हेटौंडामा रहेको अस्थायी मुकाम काभ्रेमा सार्ने तयारी भएपछि आफुहरु आन्दोलीत हुनुपरेको उनिहरुले बताएका छन् ।
यता काभ्रे,सिन्धुपाल्चोक,मकवानपुर लगायत अधिकांस जिल्लाका सर्वसाधारण भने यो विषय प्रदेशकै साझा सवाल रहेकोले नेताहरुले दुरदृष्टिका साथ यसलाई टुंगो लगाउनुपर्ने बताउँछन् । उनिहरुले यो विषयमा फोहोरी राजनीति नगर्न नेताहरुलाई सुझाएका छन् । जनताको भविष्यमाथि दुरगामी असर पर्ने भएकोले गम्भीर बन्न पनि सचेत गराएका छन् । उनिहरुले वुधबार दर्ता सो प्रश्तावलाई तुहाउने खेलमा नलाग्न पनि खवरदारी गरेका छन् ।