• नमोबुद्ध संवाददाता

काठमाण्डौं,१३ चैत :
शिक्षक सेवा आयोगको परिक्षाका सन्र्दभमा आन्दोलनरत अस्थायी शिक्षक र बिद्यार्थीहरुलाई सरकारले वार्तामा आउन आह्वान गरेको छ । उनिहरुको मागका बिषयमा शिक्षा मन्त्रालयले मंगलबार वार्ता कमिटी गठन गर्दै वार्तामा आउन आग्रह गरिएको हो ।
आन्दोनमा रहेका शिक्षक बिद्यार्थीलाई मंगलबारनै वार्ताको लागी आव्हान गरिएको शिक्षा बिभागका महानिर्देशक एवम् वार्ता कमिटीका संयोजक बाबुराम पौंडेलले जानकारी दिनुभयो ।
चैत २३ गते हुने शिक्षक सेवा आयोगको परिक्षा स्थगित गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका अस्थायी शिक्षकहरु र शिक्षा ऐनको नवौं संसोधन खारेजीको माग गर्दै अनशनमा बसेका शिक्षा शास्त्र संकायका बिद्याथीहरुको मागका बिषयमा वार्ता द्वारा समस्या समाधान गर्न शिक्षा, बिज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले वार्ता कमिटी गठन गर्नुभएको हो ।
शिक्षा बिभागका महानिर्देशक पौंडेलको संयोकत्वमा ३ सदस्यिय वार्ता कमिटी गठन गरिएको छ ।

कमिटीमा मन्त्रालयका सहसचिव डा. हरि लम्साल र शिक्षा बिभागका निर्देशक केशव दाहाल सदस्य रहनुभएको छ । मन्त्री पोखरेलले वार्ता कमिटीलाई तत्काल समस्याको उचित समाधान खोज्न निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !