• नमोबुद्ध संवाददाता

बनेपा,१३ चैत :
काभ्रेको मण्डनदेउपुर २ नगरकोटका सानुकान्छा तामाङको पसल चोरीको आरोपमा पक्राउ परेका दुई युवकलाई ईलाका प्रहरी कार्यालय बनेपाले मंगलबार सार्वजनिक गरेको छ । उनिहरु भक्तपुर चाँगुनारायण नगरपालिका ६ का २३ वर्षीय लच्छु कार्की र ३३ वर्षका गणेश तामाङ हुन् ।


शनिबार मध्याह्न तामाङको पसलमा चोरी गरेका उनीहरुको साथवाट प्रहरीले नगद १ लाख ६ हजार, केही भारु, ३ थान मोवाइल,सुनको औंठी र सिक्री समेत बरामत गरेको छ । साथै उनिहरुबाट बरामद भएको हुन्डाई कम्पनीको बा७च ४२ नंम्बरको आईटेन कार पनि प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्यो ।

अचम्म ! प्रहरीको अनुसन्धानले यो पुष्टि गरेकोछकि उनिहरुको चोरी गर्ने प्रकृति सामान्य छैन । प्रहरीले सार्वजनिक गरेको हुन्डाई उनिहरु आफैं चढ्ने कार हो ।
प्रहरी निरिक्षक सुनिलजंंग शाहले भन्नुभयो –“ठुलै पाहुना जस्तै गरी कार चढेर आउँछन् र लुटेर भाग्छन्,उनिहरुको गतिविधि यस प्रकृतिको रहेको खुल्न आएको छ, थप अनुसन्धान बाँकीनैछ ।”

शनिबार सानुकान्छाको पसल चोरीको क्रममा उनिहरु त्यही आइटेन कार चढेर गएका थिए । भिआईपी शैलीमा पुगेका उनिहरुले पसल फोडेर ३ लाख रकमसहित केहि सुन चोरी गरेका थिए । चोरीको घटना सार्वजनिक भएसंगै अन्य स्थानिय अचम्मित भए । भन्छन् –“कारमा सरर चढेर आए, पसल फोडेर गए ।”
उनिहरुको सञ्जालमा को को छन् भन्नेबारे थप अनुसन्धान भईरहेको जानकारी दिदै प्रहरी निरीक्षक शाहले कार्की र लामाविरुद्ध मुलुकी ऐनको चोरी मल अन्तर्गत जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको जानकारी दिनुभयो ।

https://www.facebook.com/jagatmanbal/videos/2026178114090731/

प्रतिक्रिया दिनुहोस !