काठमाण्डौं,११ चैत :

पाकिस्तानको एउटा स्थानीय टेलिभिजन च्यानल कोहे–नूरले एकजना तेस्रो लिङ्गी समाचारवाचक मारवीय मलिकलाई स्थान दिएको छ । सामाचारवाचकको रूपमा जागिर पाएका मलिक लहोरका हुनुहुन्छ । पहिलो तेस्रो लिङ्गी समाचारवाचक बनेका मलिकले यसअघि ’मोड्लिङ’ गरिसक्नुभएको छ । पाकिस्तानको पछिल्लो जनगणना अनुसार तेस्रो लिङ्गीको संख्या १० हजार ४ सय १८ छ ।

कोहे–नूर टेलिभिजनको उक्त कदमको बजार,चोक,गाउँ,विभिन्न कार्यालयसंगै सामाजिक सञ्जालमा त्यहाँ निकै प्रशंसा भइरहेको छ । यो अबसर पाएसंगै मलिक पनि खुसी देखिनुहुन्छ ।
उहाँले भन्नुभयो‐‘कोहे(नूर न्यूज पुनः आउन लागेको चर्चा सुनेर मैले पनि समाचारवाचकका लागि आवेदन दिएँ । अन्तर्वार्तामा धेरै महिला तथा पुरूष सहभागी थिए ।’ केहि समयपछि मलाई भित्र बोलाइयो र तपाईँलाई हामी प्रशिक्षण दिन्छौँ, कोहे(नूर न्यूजमा स्वागत छ भने ।’

उहाँले आफुले देखेको सपनाको पहिलो खुड्किलोमा टेकेकोले आफु निकै खुसी भएको बताउनुभयो । प्रशिक्षणका क्रममा कुनै कठिनाइ नभएको उल्लेख गर्दै मलिकले अरूलाई जस्तै आफुलाई पनि उनीहरूले सिकाएको जसले कुनै प्रकारको भेदभाव महसुस नगरेको बताउनुभयो । उहाँले तेस्रो लिङ्गी समुदायलाई हेर्ने दृष्टिकोण चिर्न पनि आफुले केहि गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !