• नमोबुद्ध संवाददाता

पोखरा,०७ चैत :
युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले सातवटै प्रदेशमा अन्तराष्ट्रियस्तरका रंशाला निर्माण गरिने बताउनुभएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समितिद्वारा नवनियुक्त मन्त्री विश्वकर्माको सम्मानमा बुधबार पोखरा रंगशालामा आयोजित कार्यक्रममा उहाँले सरकारले खेलको विकासलाई उच्च प्राथमिकतामा राख्ने बताउनुभयो ।
उहाँले आसन्न आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका साथै १३आँै दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)लाई सम्पन्न गर्नका लागि आवश्यक पूर्वाधार निर्माणमा जोड दिनुभयो । साथै मन्त्री विश्वकर्माले आगामी बजेटमा खेललाई प्राथमिकतामा राख्ने पनि बताउनुभयो । पोखरासहित प्रदेश नं ४ मा खेल पर्यटनको अत्याधिक सम्भावना रहेको उल्लेख गर्दै उहाँले यसको उजागरका लागि सरकार लागिपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस !