- नमोबुद्ध संवाददाता
काठमाण्डौं,०७ चैत :
प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास, उन्नति र समृद्धिका लागि प्रदेश सरकारबीच एक अर्कामा प्रतिस्पर्धा हुनुपर्ने खाँचो औंल्याउनुभएको छ । प्रधानमन्त्री ओलीले वुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सातवटै प्रदेशका मुख्यमन्त्रीलाई बोलाएर समृद्धिका लागि प्रतिस्पर्धात्मक विकासमा उत्रन आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले दिगो विकासका लक्ष्य पूरा गर्न धेरै समय नरहेको भन्दै मात्र बाँकी १३ वर्षको अवधिमा समृद्धिको बाटोमा अघि बढ्नुको विकल्प नरहेको उल्लेख गर्नुभयो ।
प्रदेश सरकारलाई आवश्यक पर्ने कानूनलाई पूर्णता दिन वा समस्या सम्बोधन गर्न महान्यायाधिवक्ताको संयोजनमा बनेको सहजीकरण समितिमार्फत समस्या सुल्झाउन पनि प्रधानमन्त्रीले दिर्नेशन दिनुभयो ।